Sunday, January 1, 2012

खोसिएको भविष्य



भदौ ७, काठमाडौं । अपाङ्गता भएका दशौं हजार नेपाली बालबालिकाहरुले शिक्षाको उचित अवसरबाट बन्चित हुनुपरेको एउटा अन्तरराष्ट्रिय प्रतिवेदनले जनाएको छ । स्कूलहरुको संरचना अप्ठ्यारा भएका, शिक्षकहरुले पर्याप्त तालीम नपाएका र भर्ना पाउनबाट समेत अन्यायपूर्वक बन्चित गरिएकाले ती बालबालिकाहरुलाई विद्यालय जान व्यवधान रहेको अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्था ह्यूमन राइट्स वाचले आज काठमाडौंमा जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

शिक्षा विभागका महानिर्देशक श्री महाश्रम शर्माका भनाइ समेत समेटिएको बिबिसी नेपाली सेवाका संजय ढकालको रिपोर्ट । साथमा रमा पराजुली । Source : http://www.bbc.co.uk/nepali

No comments:

Post a Comment