Sunday, January 1, 2012

शैक्षिक सुधारका लागि सर्वपक्षीय सम्मेलन - A Radio Report



Click Here To Download The Program

भाद्र ९, काठमाडौं । शैक्षिक जनशक्ति विकास केन्दको प्राविधिक संयोजन र शिक्षा मन्त्रालयको आयोजनामा आज काठमाडौंमा एक दिवसीय शैक्षिक सुधारका लागि सर्वपक्षीय सम्मेलन सम्पन्न भयो । प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्य र शिक्षा मन्त्री गंगाधर तुलाधर तथा स्वास्थ्य मन्त्री लोकेन्द्र विष्टको समुपस्थिति रहेको सो कार्यक्रममा शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबै पक्षहरुले भाग लिएका थिए । सो कार्यक्रममा प्रधानमन्त्रीबाट विद्यालय तहदेखि उच्च शिक्षासम्मका शैक्षिक उपाधिहरु अन्तरराष्ट्रिय स्तरसम्म उपयोगी तुल्याउन एकीकृत ज्ञानमा आधारित पाठ्यक्रम पठनपाठन र मूल्यांकन प्रणाली विकास गर्ने दृष्टिकोण राखिएको बताउनु भयो । शैक्षिक सरोकार समूहहरुले विभिन्न सात विषयमा कार्यपत्र प्रस्तुत गर्दै वृहत रुपमा छलफल अगाडि बढाइएको थियो ।

यस कार्यक्रमलाई समेटिएको विस्तृत विवरण भोलि शनिवार साँझ ७:३० बजेको रेडियो नेपालमा प्रसारण हुने शैक्षिक जनशक्ति विकास केन्द्रको प्रस्तुति शैक्षिक कार्यक्रममा सुन्न सक्नुहुनेछ ।

No comments:

Post a Comment